अर्थ-वाणिज्य

लुम्विनी : मन्त्री थप्न सहज मन्त्रालय स्थापना असहज



बुटवल १६भदौ । लुम्विनीमा मन्त्री थपिने भएसंगै उनीहरुको मन्त्रालय ब्यवस्थापनमा सरकारलाई जटिलता थपिएको छ । मन्त्रीले सपथ लिएपछि कार्यभार सम्हाल्न तत्काल मन्त्रालय चाहिने भएकाले  पहिले मन्त्रालय ब्यवस्थापन र त्यसपछि मन्त्री नियुक्त हुनुपर्ने भएको छ । जसकालागि मन्त्री परिषद विस्तार पछि सर्दै गएको सरकारका प्रबक्ता मन्त्री  कृष्णध्वज खड्कको भनाइछ । 

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या बढाएपछि नयाँ मन्त्रालय रहने ठाउँको टुंगो लगाउन गृहकार्य जारी छ  तर टुंगिएको छैन । आइतबार बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले १० वटा मन्त्रालयलाई बढाएर १३ वटा बनाएको थियो । त्यसको लागि केही मन्त्रालयलाई विभाजन गरिएको थियो । केहीको कार्यक्षेत्र हेरफेर भएको छ। तत्कालको लागि जुन मन्त्रालय विभाजन भएको छ सोही मन्त्रालयमा नयाँ मन्त्रालयको व्यवस्थापन गर्ने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। 

थपिएको एउटा मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भवनमा राखिने छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सुचना अधिकारी यमकान्त पाण्डेले नयाँ मन्त्रालयको लागि तत्काल अन्य ठाउँ नखोजिएको बताए । ‘जुन मन्त्रालय विभाजन भएका छन्। त्यसको कार्यजिम्मेवारी पनि घटेको छ ।’ उनले भने ‘त्यसैले तिनै मन्त्रालयको ठाउँलाई प्रयोग गर्ने गरि तयारी भइरहेको छ । नयाँ ठाउँ खोजिएको छैन ।’पाण्डेका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा कानून महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राख्ने तयारी भएको छ ।

आन्तरिक मामिला मन्त्रालयको भवनको भूइँतलामा श्रम रोजगार तथा यातायात मन्त्रालय रहने छ । महिला बालबालिका, तथा ज्येष्ठ नागरिकको कार्यक्षेत्रलाई सामाजिक विकासबाट अलग्याएर कानून सँग जोडेर नयाँ मन्त्रालय बनाइएको हो । यसैबीच थपिएका मन्त्रालयहरुको व्यवस्थापन भएपछि मात्र लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार हुने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा शहकारी मन्त्री खड्काले मन्त्रालय रहने ठाउँ टुंगो लागेर कार्यविभाजन गरेपछि मन्त्रीपरिषद विस्तार हुने बताए ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६