प्रदेश

आधुनिक पुस्तकालय संचालनमा बाणगंगाले सघाउछ :उपमेयर अर्याल



कपिलवस्तु १६ भदौ । बाणगंगा सामुदायिक पुस्तकालयले चौधौ पुस्ताकालय दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ । सकरात्मक सोचको अभिबृद्धिका लागि बाणगंगा सामुदायिक पुस्ताकालय भन्ने नाराका साथ बाणगंगा नगरपालिकाको समन्वयमा उक्त दिवस मनाएको हो । नगरपालिको सभाहलमा भएको कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले पुस्तकालयले बौद्धिक जगतलाई एकतिृत गर्ने र ज्ञानको भण्डार पस्कने भएकाले नगरले आवश्यक रुपमा सहकार्य गर्ने वताउनु भयो ।

त्यस्तै   प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले समाज बिकासको सुचक पुस्ताकालय भएको बताउनु भयो । नगरमै पुस्ताकालय सञ्चालन गरि बिभिन्न  रचनात्मक कामहरु गर्दै आएको प्रति धन्यवाद दिदै नगरबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सधैब लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले पुस्ताकालयका माध्यमबाट यहाका पर्यकीय र ऐतिहासिक क्षेत्रको बिकासमा थप टेवा पुगिरहेको बताउनुभयो ।

यसैगरि कार्यक्रममा आफ्ना भनाई राख्दै बाणगंगा सामुदायिक पुस्ताकालय सल्लाहकार पोमनारायण पौडेल ,समाजसेवि कमल चुदाँली र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवम बुद्ध आवाज टेलिभिजनका स्टेशन म्यानेजर भेषराज पाण्डेले पुस्ताकालयलाई बर्तमान परिस्थितीसंग जोडर प्रविधी मैत्री बिस्तार गर्नुपर्ने बताउनुभयो । 

आधुनिक प्रबिधिमा जोडदै सबैको पहुचमा पुस्तक पढ्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । बाहिरी किताब भन्दा पनि अनुसन्धामुलक किताब पुस्ताकालयमा राख्नुपर्नेमा जोड दिदै आर्थिक सास्कृतिक र नगरक बौद्धिक ब्यक्तिलाई जोडेर पुस्ताकालयको थप बिस्तार गर्नुपर्ने उहाहरुको  धारणा रहेको छ । कार्यक्रममा बाणगंगा पुस्ताकालयका उपाध्यक्ष एवम नागरिक समाज कपिलवस्तुक अध्यक्ष दोलख बहादुर पछाईले  स्वागत गर्दै दिवस बारेमा प्रकाश पार्नुभएको थियो । बाणगंगा पुस्ताकालयका सचिब बुद्धि सागर बेल्बासेको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६