अर्थ-वाणिज्य

दाङमा मन्त्रालय भएपनि काम गर्न बुटवल धाउने स्थिति प्रति मन्त्री नै असन्तुष्ट



दाङ १७ भदौ। मन्त्रि डिल्ली बहादुर चौधरीले तयारी नगरी दाङमा मन्त्रालय सारदा वुटवल नगै काम नहुने सन्देश प्रवाह भएको वताउनु भएको छ। लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री रहेका उहाँले विना तयारी सार्दा प्रशासनिक कार्यमा समस्या भएको बताउनु भएको छ। सञ्चार माध्यममा दाङ आएको मन्त्रालय फेरी बुटवल फर्कियो भनेर समाचार आएको भन्दै उहाँले मन्त्रालय जुन ठाउँमा आएको हो अहिले पनि सोहि ठाउँमा छ, मन्त्रालयको कामकारबाही सोहि मन्त्रालयबाट भैरहेको छ मन्त्री चौधरीले भन्नुभयो सबै तयारी नभएकै कारण बुटवल आउजाउ गर्नु परेको भनाई छ ।देउखुरीमा बुधबार मन्त्री चौधरीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले  केहि दिन पछि लुम्बिनी प्रदेश सरकारको मन्त्री मण्डलले पूर्णता पाउने र अन्य मन्त्रालय पनि दाङ आउने बताउनुभयो।                         अघिल्लो सरकारले सस्तो लोकप्रियताका लागि कुनै तयारि नगरी मन्त्रालय दाङ ल्याउँदा सेवा प्रवाहमा समस्या आएको उहाँको आरोप छ । मन्त्रालय मात्र सार्ने काम भएको रहेछ, काम केहि पनि भएको छैन, संरचना नवनेरै लोकप्रियता कमाउन खोज्दा अहिले समस्या आएको बताउनुभयो।

भौतिक संरचना निर्माण गर्ने काम भइरहेको भएपनि उक्त स्थानबाट प्राविधिक समस्याका कारण काम गर्न समस्या भएको थियो । देउखुरीमा राजधानी बनाउनको लागि आफुले पार्टीको ह्वीप उल्ङ्घन गरेर पक्षमा मतदान गरेको भन्दै अब राजधानी दाङ बाट दायाबाँया हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।                 कार्यक्रममा सहभागिहरुले देउखुरी उपत्यकालाई राप्ती उपत्यका नाम दिएर राजधानी घोषणा गरेको प्रति असहमति जनाउँदै ऐतिहासिक नाम देउखुरी उपत्यका नै उपयुक्त भएको बताएका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका थारु वुद्धिजिवी समाजसेवी सहित थारु कल्याणकारीणी सभाका पदाधिकारीको सहभागिता रहेको थियो ।थारु समुदायको तर्फबाट प्रदेशको मन्त्री बनेको प्रति खुसी व्यक्त गर्दै स्थानीय थारु समुदायले आदीवासी जनजाती मैत्री काम गर्न मन्त्रीलाई सुझाव दिएका थिए ।                     थारु कल्याणकारीणीसभा देउखुरीका अध्यक्ष चेतराम चौधरीको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, पत्रकार केपी घिमिरे, कमल नारायण चौधरी, खडग बहादुर चौधरी लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन बाल गोविन्द चौधरीले गरेका थिए। 

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६