अर्थ-वाणिज्य

कपिलवस्तु कांग्रेसको आश्रयस्थल: शुसिलले शुभारम्भ गरे देउवाले समापन



कपिलवस्तु १७ भदौ । पूर्व प्रधानमन्त्री  शुसिल कोइरालाले एक दशक अघि सिलनयास मार्फत शुभारम्भ गरेको कपिलवस्तु कांग्रेसको जिल्ला कार्यलय भवन निर्माण शेर वहादुर देउवाको कालमा समापन भएर उहाले नै समुद्घाटन गर्नु भएको छ । कपिलवस्तुमा तौलिहवामा नव निर्मित बिपि स्मृति भवनको प्रधानमन्त्री शेर बहादुर देउलाले उदघाटन गर्नु भएको हो । जुम मिटिङ मार्फत उहाले बिपि स्मृत भवन तथा नेपाली कांग्रेस कपिलवस्तुको नव निर्मित भवनको उदघाटन गर्नु भएको हो  । 

सो अवसरमा सम्बोधन गर्दै उहाले नव निर्मित भवनलाई एकताको भवनकारुपमा स्थापित गर्नु पर्ने बताउनु भयो । उनले बिगत केही बर्ष यता जिल्ला जिल्लामा भवन निर्माण लहर चलेको बताउदै आउन लागको स्थानिय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकबद्ध भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गर्नु भयो  । सो अवसरमा कांग्रेस बरिष्ट नेता रामचन्द्र पौडेलले नव निर्मित भवन भित्र कांग्रेस र प्रजातन्त्रको आत्मा हुुन पर्ने औल्याउनु भयो । 

मुुलुक प्रजातान्त्रिक अभ्यासमा अघि बढीरहेको भन्दै संबिधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी कांग्रेको काधमा आएको बताउनु भयो । अहिलको स्थितिमा कांग्रेस एकबद्ध भई सशक्तरुपमा अघि बढनु पर्ने वताउदै जनतामा नेता र राजनीतक दल प्रति निराशा बढदै गएको भन्दै त्यो निराशालाई आशामा बदल्नु पर्ने स्पष्ट पार्नु भयो ।  सो अवसरमा प्रधानमन्त्री देउवाको निर्देशनमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले शिलालेखमा राखिएको ब्यानर उघारेर भवनको उदघाटन गर्नु भएको थियो । 

२०४६ साल देखि पार्टी कार्यालय भवन भाडामा रहेदै आएको थियो । २०६८ चैत २९ गते पुर्व प्रधानमन्त्री सुशील कोईरालाले भवनको शिलान्यास गर्नु भएको थियो । भवनको अहिले सम्मको लागत एक करोड १२ लाख ६२ हजार रहेको छ । पहिलो तला निर्माण भई दोश्रो तल अझै निर्माणधीन छ । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल, सासद तथा बैकल्पीक केन्द्रिय सदस्य अभिषेक प्रताप शाह केन्द्रिय सदस्य राजेश सिंह, प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडिया, पुर्वं पार्टी सभापतिहरु राजशे आचार्य, सुधारक पाण्डेय, कमलेश कुमार शर्मा, पार्टी उप सभापति अब्दुल कलाम खा, नेता गिरीजेश कुमार पाण्डेय लगायतको सहभागीता थियो ।  

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६