अर्थ-वाणिज्य

सरकार आफैले थापेको पासोमा फस्ने खतरा :पोखरेल



रुपन्देही  १७ भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकार आफैले थापेको पासोमा फस्ने भएपछि प्रतिगमन सच्चाउन लागेको  दावि गर्नु भएको छ । विगतमा केपि ओलीले ल्याएको राजनैतिकदल सम्वन्धि अध्ययादेशलाई प्रतिगमन ठान्ने वर्तमान स्वयम प्रतिगामीहरु यतिबेला आफैमा भयभित र त्रसित हुन पुगेको वताउनु भएको छ । उहाले सरकार विस्तार नहुँदै  शेरबहादुर देउवा  नेतृत्वको गठबन्धनको सरकार अध्यादेश फिर्ता गर्ने रणनीतिमा लागेको बताउनु भयो । 

समाजिक सञ्जालमा लेख्दै उनले दल विभाजनको अध्यादेशले आफै शिकार हुन सक्नेमा आशंका व्यक्त गर्दै अध्यादेश फिर्ता गर्न लागिपरेको बताउनु भएको हो । उहाले  लेख्नु भएको छ ‘परमादेश सरकारले दल विभाजन अध्यादेशलाई आफ्नो रक्षाकवच बनाउन खोजेपनि त्यसको शिकार आफै हुने जोखिम बढेपछि सरकार विस्तार नगर्दै अध्यादेश फिर्ता गर्ला जस्तो छ।राजनीतिक षडयन्त्रको पर्दा छिटै खुल्नु जरुरी छ भन्दै ’गत असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झण्डै दुई महिना पुग्न लाग्दा पनि सरकार  विस्तार गर्न सकेका छैनन्।

नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, नेपाली कांग्रेस र जनमोर्चा नेपालको संयुक्त गठबन्धनबाट बनेको सरकारमा मन्त्रीका आकांक्षी धेरै हुँदा सरकरले पूर्णता पाउन सकेको छैन्।यहा भन्दा ठूलो नौटंकी के हुन सक्छ उहाको आरोप छ । 

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६