अर्थ-वाणिज्य

बाढी र डुवानवाट घरबार बिहीन १३ परिवारलाई जस्ता र राहत



कपिलवस्तु १८ भदौ । एक साता अघि अबिरल बर्षा पछि आएको बाढीले बगाउदा घरबार बिहीन भएका कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाई सकुम्बासी बस्तीका १३ पीडीत परिवारलाई टीनको जस्तापाता सहीत राहत सामाग्री प्रदान गरिएको छ । बाढीको भेलले छाप्रोको घर बगाउदा ती १३ मध्ये १० परिवार घरबारबिहीन बनेका छन । 

एक साता देखि खुला आकाशमा बस्दै आएका ती परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उप मेयर लक्ष्मी साउ गुप्ताले पीडीत परिवारलाई जस्तापाता र खाद्यान्न  हस्तान्तरण गरिन । १० पीडीत परिवारलाई घर जग्गाको नापका आधारमा कुल २ सय ६३ वटा जस्ता पाता बाडिएको उप मेयर गुप्ताले बताईन । यस्तै १३ पविरालाई प्रति परिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ । 

उप मेयर गुप्ताले पीडीत परिवारलाई नगरपालिकाले मल्हम लगाउने काम गरेको बताईन । ‘ नगरपालिका पीडीत परिवारको साथमा छ ’ उनले भनिन । घर बनाउनकालागि आवश्यक फलामको खाबो लगायतका आवश्यक अरु चिज पनि दिईने उनले बताईन । बर्षौ देखि झुपडीमा बस्दै आएकोमा  त्यो घर पनि पानीले बगाएर पछि पीडीत बनेका बावुराम दमाईले नगरपालिकाले आफुहरुलाई साथ दिएको बताए । 

पानीले घर सहीत खाद्यान्न अन्नपात लगायत सबै सामान नोक्सान हुदा आफुहरुको जीवन कष्टकर बेनेको उनले बताए । ‘ अब हामी पनि जस्तापाताको घरमा बस्न पाउने भयौ ’ उनले भने । जस्तापाता सहीत राहत पाए पछि पीडीत परिवार खुशी भएका छन । जस्तापात सहीत राहत सामाग्री नगरपालिकाको ट्याक्टरले पीडीत परिवारको घरमै पुर्याइएको थियो ।  

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६