अन्तर्राष्ट्रिय

आफ्ना नागरिकलाई बेपत्ता पारिदा बोल्न नसक्ने सरकारवाट के अपेक्षा गर्ने ? :एमाले प्रबक्ता



काठमाडौ १८भदौ प्रमुख प्रतिपक्षी नेकपा एमाले महाकाली नदि पार गर्ने क्रममा भारतीय सुरक्षाबल एसएसबि ले तुईन काटिदिएपछि नदिमा बेपत्ता भएका जयसिंह धामीकाे घटनालाई थामथुम पार्न लागेकाे अराेप लगाएकाे छ।“गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ।

यस विषयमा छानबीन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।” एमाले प्रवक्ता प्रदिप ज्ञवालीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको ज्ञवालीले बिज्ञप्तीमा उल्लेख गरेका छन्।

ज्ञवालीले जारी गरेको बिज्ञप्तीमा नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस घटनाको अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ भनिएकाे छ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६