प्रदेश

प्रदेश सरकारले जातीय संस्कृति तथा भेषभुषा संरक्षण गर्ने ब्यबस्था मिलाउछ :मन्त्री चौधरी



तुलसीपुर १८-भदौ ।लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले संस्कृति तथा भेषभुषालाई संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल मगर बुद्ध सेवा समाज दाङ र नेपाल मगर संघ तुलसीपुर नगरकमिटिले सयुक्त रुपमा आज शुक्रवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

बौद्ध सेवा समाज दाङका अध्यक्ष मणि बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनजातीहरुको संस्कृति र भेषभुषालाई जगेर्ना गर्न आवश्यक रहेको बताउदै यसका लागी आफुले सक्दो सहयोग गर्ने बताए । नेपाल बहुसांस्कृतिक र बहुभाषिक देश भएकाले यसमा जनजाती समुदायहरुको पनि छुट्टै पहिचानलाई जोगाई राख्न आवश्यक रहेको उनको भनाइ छ ।

सो अवसरमा मन्त्री चौधरीलाई खादा ओढाएर बधाई तथा स्वागत गरिएको थियोे । नेपाल बौद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलिभद्र कुसारी मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका सल्लाहकार टोप बहादुर घर्ति लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष राम कुमार घर्तिले गरेका थिए। 

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६