प्रदेश

जनताले चुनाववाट अस्वीकार गरेका देउवा बोकेर प्रचण्ड – माधव म्याराथन दौडमा :पोखरेल



तुलसीपुर १९ भदौ। लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले जनताले चुनाववाट अस्वीकार गरेका शेरबहादुर देउवा बोकेर प्रचण्ड – माधव  म्याराथन दौडमा निक्लिए पनि आउने चुनावमा  नेकपा एमालेको नेतृत्वको सरकार बन्ने वताउनु भएको छ। ओली सरकारले छोटो समयमा आम जनताहरुले देख्ने र महशुस गर्ने गरि विकासको काम गरेको बताएका छन् ।           तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठवन्धनमा बनेको नेकपाको सरकारले राम्रो काम गर्दै गर्दा माओबादीले विश्वास घात गरेपछि सरकार ढलेको आरोप लगाए । नेकपा एमाले दाङ क्षेत्र नं. ३ ले शनिबार तुलसीपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोख्रेलले चुनावमा जनताले काम गर्न नसक्ने असक्षम ठानेका व्यक्ति र पार्टीलाई माधव कुमार नेपाल र प्रचण्डले प्रधानमन्त्री बनाएको बताए। जुन किसिमले नेपाल र दाहालले षड्यन्त्र गरेर जनताहरुलाई झुक्याएको बताउँदै त्यसको सजाए पनि जनताहरुले उनीहरुलाई दिने पोख्रेलको भनाई छ ।                  साथै पुर्व मुख्यमन्त्री पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम गर्दा पनि षड्यन्त्र गरेर प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाईएको बताए ।             आफुहरुको नेतृत्वको सरकार ढाल्न गद्दारी गर्ने व्यक्तिहरुलाई जवाफ दिन नेकपा एमाले जनताको माझमा जाने उनको भनाई छ । साथै उनले अहिले सरकार ढल्यो भनेर चिन्ता गर्नु नपर्ने बताउँदै अबका दिनहरुमा पनि जनताको अपेक्षामा अनुसार एमालेले काम गर्ने बताए  ।कानूनमा जनताबाट प्रधानमन्त्री हुने प्रावधान रहेपनि फेरी एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुन्छ भन्ने डरले अदालतबाट प्रधानमन्त्री तोक्ने काम भएको बताउँदै त्यो जनताको जनादेश र लोकतन्त्रको विपरित रहेको बताए ।              अहिले माधव नेपाल र प्रचण्ड समूह एमालेलाई कमजोर बनाउन लागेको बताउँदै उनीहरु एक दिन आफै फस्ने चेतावनी दिए ।प्रधानमन्त्री ओलीले नाका बन्दिको समयमा डटेर सामना गरे नेपालमा अबका दिनहरुमा नाका बन्द नहुने गरी एमालले काम गरेको बताए । भारतबाट नाका बन्दि भएमा चिनबाट सामान ल्याउँने बाटो एमालले बनाई सकेको उनको भनाई छ ।       साथै उनले देशमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न एमालले धेरै संर्घष गरेको भएपनि अहिले त्यसको जस एउटा कर्मचारीलाई दिनु दुःखद भएको बताए । नेकपा एमालेलाई कमजोर बनाउन चारैतिरबाट घेराबन्दिको भएको बताउँदै त्यो रहस्य धेरै समय नटिक्ने बताए ।

प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६