बिजनेस

देउवाको गृह जिल्लाको निर्वाचन बदर गर्न पौडेल समूहको माग



काठमाडौं २९ भदौ ।  नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठकले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्‍लामा भएको अधिवेशन अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकले डडेलधुरामा भएको अधिवेशन पुनस् गराउन माग समेत गरेको छ।

पौडेल समूहले २५ गते भएको अधिवेशन अस्वीकार्य भएको भन्दै पार्टीको विधि विधानअनुसार फेरि अधिवेशन हुनुपर्ने बताएको हो।ुत्यो निर्वाचनबाट आएको निर्णयलाई निर्वाचन समितिले मान्यता दिनु हुदैन। मैले जिल्ला सभापतिलाई भनिसकेको छुु पौडेलले भने।उनले सुरुवातमै महाधिवेशन दाँतमा ढुंगा लागेको जस्तो भएको टिप्पणी गर्दै क्रियाशिल सदस्यतामै अवाञ्छित काम भएको बताए। क्रियाशील सदस्य विवाद समाधान गर्नुको सट्टा अपारदर्शी रुपमा आफ्नै जिल्लामा काम गरेको भन्दै उनले देउवाको आलोचना समेत गरे।

देउवाको जिल्ला डडेल्धुरामै विवाद छ। हामीसँगको छलफलमा उहाँले २७/२८ गते गरे हुन्छ नि भन्नुभएको थियो। तर प्रहरी लगाएर वडा अधिवेशन गर्नु भएछ। यसमा हाम्रो घोर आपत्ति छ। डडेल्धुराबाट कुलक्षण सुरु भयो। डडेल्धुरामा पार्टीको उपस्थितिमा फेरि अधिवेशन हुनुपर्छु पौडेलले भने।

बैठकमा पौडेलसहित नेता प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, डा शेखर कोइराला, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, मीनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्रप्रसाद बडुलगायत सहभागी थिए। बैठकमा नेताहरूबिच महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल चलेको थियो।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६