प्रदेश

सत्ता गठबन्धनमा दुरी बढ्दै जादा प्रचण्ड तनावमा



काठमाडौ ३० भदौ। पाँच दलीय सत्तारुढ दलबीचको दूरी दिनदिनै बढ्दो छ । दुई महिना बितिसक्दा पनि मन्त्री परिषदलाई पूर्णता दिन नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दलहरुसँगै रुष्ट बन्न थालेका छन् ।नेकपा एस र जनता समाजवादी पार्टीले तत्काल मन्त्रीको नाम नपठाउने स्थिति बनेपछि प्रधानमन्त्री देउवा खुशी छैनन् ।          गत शुक्रबार नै सबै दलले मन्त्रीको नाम दिन सत्तारुढ गठबन्धनको बैठकमै प्रधानमन्त्री देउवाले भनेका थिए ।सो बैठकपछि नेकपा एस र जसपाले विभिन्न बखेडा झिकेर नाम नदिएपछि देउवाले आफू बढी आलोचित हुनुपरेको भन्दै गुनासो गर्ने गरेका छन् ।दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा देउवा नेतृत्वको सरकारको चर्को आलोचना भइरहेको छ ।         नेकपा एसले सर्वोच्च अदालतमा उनी विरुद्ध परेको उजुरीको किनारा नलागुञ्जेल मन्त्रीको नाम दिन नसकिने बताएको छ भने जसपाले दल विभाजनसम्वन्धी अध्यादेश निष्कृय पारेपछि मात्र मन्त्रीको नाम दिने बताएको छ ।नेकपा एस र जसपाका कारण मन्त्री परिषद विस्तार गर्नुपर्ने स्थिति बनेपछि देउवाले प्रचण्डसँग गुनासो गरेको स्रोतको भनाइ छ ।प्रचण्डसँग यी सबै समस्याबारे दुई दिनअघि महामन्त्री पूर्णबहादुर खड्काले भेटेर लामो छलफल गरेका थिए ।सत्ता गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा खड्काले प्रचण्डसँग परामर्श गरेका थिए । गठबन्धन दलहरुकै ‘अघोषित असहयोग’ होकि भन्ने चिन्ता कांग्रेसमा परेपछि प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवसँग छलफल गरेका थिए ।        सत्ता गठबन्धनमा अहिले प्रचण्डलाई मियोका रुपमा हेरिएको छ । सबै गुनासा उनैमाथि पर्ने गरेको छ । प्रचण्डले अहिले सबैलाई मिलाउने मध्यस्थताको भूमिका खेल्नुपरेको कांग्रेसका एक नेता बताउँछन् ।एमसीसीका विषयमा त झन देउवा एकातिर र सत्ता गठबन्धन दल सबै अर्को पक्षमा देखिएपछि देउवा थप सशंकित बनेका छन् ।प्रतिपक्षी दल एमालेले निरन्तर रुपमा संसद अवरुद्ध पार्दै बजेटविहीन मुलुक बनेसँगै देउवा थप चिन्तित बनेको कांग्रेस नेताहरु बताउँछन् ।प्रतिपक्षी दलसँग सत्तारुढ दलले संवाद गर्ने विषयमा यसअघिको बैठकमा छलफल भएपनि त्यसबारेको पहलकदमी कसैले लिन मानेका छैनन् ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६