प्रदेश

लुम्विनी प्रदेश सभा बैठकमा २ नयाँ सांसदलाई हैसियत दिलाउने प्रयास विफल



रुपन्देही १ असोज । लुम्विनी प्रदेश सभा बैठकमा २ नयाँ सांसदलाई हैसियत दिलाउने सभामुख पूर्ण वहादुर घर्तिको प्रयास ३१ भदौमा पनि  विफल भएकोछ। बिहीबारको बैठकमा जनता समाजवादी पाटीबाट नवनियुक्त सांसद निर्मला मुठभरी भटटराई  र नेकपा समाजवादी रोजेकी रमा घर्तीबारेमा औपचारीक सूचना प्रदेशसभा मार्फत सुनाउने र घर्तिलाई एकिकृत समाजवादीको संसदीय दलको नेताको हैसियत दिलाउने कार्यसूची रहेको थियो ।

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक केहीबेर चलेको छ ।सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमाले विरोधमा उत्रिएको थियो ।एमाले सांसदको नाराबाजी चलिरहेका बेला दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी दिए । 

सूर्य चिह्नमा चुनाव लडेका अजय शाही र नेकपाबाट चुनाव जितेकी विमलाकुमारी खत्री वलीले प्रदेशसभामा बुझाएको विवरणमा आफूहरु एमाले संसदीय दलको सदस्य विवरण नबुझाएकाले कारबाही गर्नु नपर्ने उनले जानकारी दिए । यस बारेको विवाद अदालतमा गइसकेको र विचाराधीन मुद्दा भएकाले सदन अवरुद्ध नगर्न आग्रह गरे । तर एमालेको विरोध रोकिएन । यसलगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक असोज ७ गते बस्ने जानकारी दिए ।

यसअघि प्रदेशसभामा दिउँसो करिब १ बजेर ५० मिनटमा पहिलो बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । एमाले सांसद नाराबाजीमा उत्रेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको सूचना सुनाएका थिए । यसबीचमा निकैबेर सत्तापक्ष र विपक्ष छलफलमा जुटेपनि सहमति नजुटेपछि ४ बजेपछि दोस्रो बैठक सुरु भएको थियो । एमालेले सभामुखले जबर्जस्ती सभा चलाएपनि आफूहरुले प्रतिकार गरिरहने बताएकोछ ।

 एमाले सचेतक भूमिश्वर ढकालले सभामुखले प्रदेशसभामा सर्वसत्तावाद लादेको टिप्पणी गरे । ‘सभामुखले दलको प्रतिनिधि सरह प्रदेशसभा कब्जा गरिरहेका छन् । हामी प्रतिकारमा छौं,’ उनले भने, ‘सभामुख न्यायाधीश जस्तै बन्न पाइँदैन । ’गठबन्धन सरकारले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने तयारीका साथ संसद बैठक बोलाएको थियो । 

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६