अन्तर्राष्ट्रिय

अफगानिस्तानको मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको ज्यान गयो ।



एजेन्सी,२२ असोज । उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताउनुभएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बलले घेरा हालेर अनुसन्धान सुरु गरेको छ । गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको छ । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६