अन्तर्राष्ट्रिय

रुसमा विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु ।



एजेन्सी, २४ असोज । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै संकेत फेला नपरेको रुसका अधिकारीहरुले बताएका छन् ।

समाचारमा बताइएअनुसार अहिले दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो । आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्वीरमा विमानको अगाडिको भाग दुर्घटनामा जमिनमा गाडिएको र आधा भागमा विमान भाँचिएको देख्न सकिन्छ । अहिले उपचारको क्रममा रहेका सातजनामध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पछिल्ला केही वर्षमा रुसमा हवाई सुरक्षाको मापदण्ड सुधार गरिएको छ तर दुर्घटना हुने क्रम भने रोकिएको छैन । गत महिना रुसको सुदुर पूर्वमा एन–२६ विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । गत जुलाईमा कामचट्का क्षेत्रमा भएको अर्को विमान दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो । त्यस्तै रुसमा प्राविधिक समस्याको कारण आपतकालीन अवतरण गराएका घटना पनि प्रशस्तै छन् ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६