अन्तर्राष्ट्रिय

धनुष वाँणको आक्रमणबाट ५ जनाको मृत्यु ।



एजेन्सी, २८ असोज । युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी नर्वेको कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा ५ जना मारिएका हुन् ।

घटनामा दुई जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तर प्रहरीले घटनाको थप अनुसन्धान भइरहेकाले संधिग्दबारे अहिले नै थप बताउन नसकिने जनाएको छ । प्रहरीका अनुसार ती व्यक्तिले सहरका विभिन्न स्थानमा तीर प्रहार गर्दै हिँडेका थिए ।

नर्वेको प्रहरीले यो घटनामा आतंकवादीहरुको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान गर्ने जनाएको छ । नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गले संधिग्द व्यक्तिको आक्रमणबाट सर्वसाधारण भयवित भएकाले दोषीलाई कारवाहरु हुने बताउनुभयो । प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिसँग अरु हतियार पनि रहेका थिए ।

प्रकाशित : २८ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६