अन्तर्राष्ट्रिय

बेलायतमा एक सांसदको हत्या, हत्या आरोपमा एक जना पक्राउ



काठमाण्डौ, ३० असोज । बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो ।

ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेको छ । प्रहरीले यो घटनालाई आतंकवादी हमला  भनेको छ ।  यो घटना इस्लामिक विद्रोही समूहसँग जोडिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।  

डेबिड पछि गृह मन्त्री प्रिती पटेलले सुरक्षा व्यवस्थाको तुरुन्त समीक्षा गर्न आदेश दिनुभएको छ । साथै  उहाँले यो एक संवेदनशील हमला भएकोसमेत बताउनुभएको छ ।  घटनाको प्रधानमन्त्री बोरिस जोन्सनले पनि भर्त्सना गर्नु भएको छ ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६