अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसः संघ देखी पालिकासम्म अर्बौ रुपैयाँ खर्चेपनी नेपालमा गरिबी घटेन ।



काठमाण्डौ, ३१ असोज । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिनलाई यो दिवसको रुपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।

विश्व बैँकको प्रतिवेदन अनुसार पछिल्ला दुई वर्षमा झण्डै ९ करोडदेखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि गरिबी निवारणका लागि भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सरकारले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा पालिकामा अर्बौँ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६