अन्तर्राष्ट्रिय

इन्धन खरिद गर्न भारतसँग माग्यो ५०० मिलियन डलर ऋण माग्यो श्रीलङ्काले ।



काठमाण्डौ, ३१ असोज । श्रीलङ्काले गम्भीर विदेशी मुद्रा सङ्कटका बीच कच्चा तेल खरिदको लागि तिर्न भारतसँग ५०० मिलियन अमेरिकी डलरको ऋण मागेको छ ।

श्रीलङ्काका ऊर्जा मन्त्री उदय गम्मनपिलाले देशमा इन्धनको वर्तमान उपलब्धताको ग्यारेन्टी आउँदो जनवरीसम्म मात्रै दिन सकिने चेतावनी दिएको केही दिनपछि यो कदम आएको हो ।

भारत, पाकिस्तानमा जस्तै श्रीलङ्कामा पनि पेट्रोल र डिजलको मूल्य जबरजस्ती बढाइएको छ । यद्यपि पेट्रोल र डिजलमा मूल्य वृद्धि लगातार जारी छ र करको मारका कारण इन्धनको मूल्य बढिरहेको छ । 

श्रीलङ्का सरकारद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेशन ९सीपीसी० ले प्रमुख सरकारी बैंक– बैंक अफ सिलोन र पिपुल्स बैंकलाई तीन दशमलव तीन बिलियन अमेरिकी डलर तिर्न बाँकी छ । 

राज्यका तेल वितरकहरू मध्य–पूर्वमा देशहरूबाट कच्चा तेल र सिङ्गापुरलगायत अन्य क्षेत्रहरूबाट परिष्कृत उत्पादनहरू आयात गर्दछन् । 

विश्वव्यापी रूपमा तेलको मूल्य बढ्दा श्रीलङ्का यस वर्ष तेल आयातमा धेरै खर्च गर्न बाध्य भएको छ । गएको वर्षको तुलनामा यस वर्षको पहिलो सात महिनामा श्रीलङ्काले तेल खरिदमा खर्चिएको रकम ४१ दशमलव ५ प्रतिशतले बढेर दुई बिलियन डलर पुगेको छ ।  

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६