प्रदेश

फिल्ड अनुसन्धानका लागि लुम्बिनी वाणिज्य क्याम्पस एमविएस फाइनान्सका विद्यार्थीहरु मार्दी हिमाल प्रस्थान ।



बुटवल, ८ कार्तिक । लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित  एमविएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।

विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली  सोतर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा सफलताको कामना गर्दै यस प्रकारको विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्यले विद्यार्थीहरुको अनुसन्धानको पाटोलाई सहयोग पुर्याउनुका साथै जिवनोपयोगी रहने  बताउनुभयो ।

अनुसन्धानका शिलशिलामा विद्यार्थीहरुले पोखरा, घान्द्रुक, मार्दी हिमाल क्षेत्रको पर्यटकीय सम्भावना तथा चुनौती, ट्रेकिङ रुटको चुनौती, स्थानीय रोजगार तथा आतिथ्यता, स्थानीय कला संस्कृतिको जगेर्ना, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरूमा अनुसन्धान गर्ने, प्रतिबेदन तयार पार्ने र सोही स्थानमै स्थानीय समुदाय समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६