प्रदेश

शिक्षक नियुक्ति गर्न सात लाखको सहमति,थप चार लाख मागेपछि भयो हङ्गामा



कपिलवस्तु ११ कार्तिक कपिलवस्तुको बिजयनगर गाउँ पालिका वडा ३ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति आर्थिक लेनदेनको रहस्य खुलेको छ । गत भदौ २० गते एक विज्ञापन जारी गरी ल्याब असिस्टेन्ट पदमा नियुक्तको लागि सात लाखको सहमति भएको खुलासा भएको छ । सोही विद्यालयका शिक्षक लडाई प्रसाद चौधरीका छोरा विवेक चौधरीको नियुक्ति गर्न विद्यालयका प्रअ मुनिजर हसनसँग सात लाख बुझाउने सहमति भएको चौधरीको भनाई छ ।

दुई दिन अघि विद्यालयमा प्रअ हसनको घरमा पुगी ६ लाख बुझाएको र १ लाख तलब पाएपछि दिने गरी नियुक्ति गर्ने मौखिक सहमति भएको चौधरीले बताए । प्रअ हसेनले विद्यालयलाई पनि केही रकम सहयोग गर्नुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समिति सँग भेट गर्न पठाएको र विद्यालयलाई चार लाख दिनुपर्ने माग आएपछि दिन नसक्ने भनेपछि विवाद सुरु भएको थियो ।

प्रअ लाई ७ लाख विद्यालयलाई ४ लाख दिनुपर्ने भएपछि आफूले दिन नसक्ने भएकोले आफूले दिएको ६ लाख फिर्ता  गर्न आग्रह गरेको चौधरीले बताए । ११ लाख दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाको लागि नपठाएको उनको भनाई छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाई छ ।

प्रअले पैसा लिएर रातको समयमा बोलाएको र एक जनालाई लगेर गए पनि प्रअले उनले देख्ने गरी पैसा नबुझ्ने बताएपछि चौधरीले साथीलाई घरमा छोडेर एक्लै गएर पैसा बुझाएको दाबी गरेका छन् । उनले यथेष्ट प्रमाण दिन नसक्दा रकम लेनदेनको पुष्टि भने हुन सकेको छैन । चौधरीका अनुसार बैक वटा ६ लाख ३० निकालेको र ३० हजार घर खर्च राखी ६ लाख प्रअलाई बुझाएको बताएका छन् ।प्रअ हसनका शिक्षक चौधरी निकट मानिन्थे । पछिल्लो समय उनीहरू बिच असहमति बढेपछि सम्बन्ध टाढिएको पाइन्छ ।

यता विद्यालयमा प्रअ मुनिजर हसनले आफूले कुनै पनि रकम नलिएको बताएका छन् । चौधरीले पटक पटक घरमा पुगी पैसा दिन खोजे पनि आफूले अस्वीकार गरेको बताएका छन् । झुटो आरोप लगाई आफूलाई फसाउन खाजेकोले यदि पैसा लिएको प्रमाणित भएमा शिक्षक पेसा वाट राजीनामा दिने बताएका छन् ।

बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले यदि रकम लिएको भए प्रअलाई कारबाही गरिने बताउनुभयो । पैसा लेनदेनको विषय जानकारी आएको तर यस विषय थप बुझेर गलतलाई कारबाही गरिने थापाले बताउनुभयो ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६