प्रदेश

एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुको प्रथम बैठक सम्पन्न



हरि घिमिरे, १२ कार्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नियमित बैठक र प्रदेश परिषद सम्बन्धमा महत्वपुर्ण निर्णय गरेको छ । बैठकमा संगठनको जिल्ला समन्वय समितिको नियमित बैठक पहिलो शनिबार नियमित रुपमा बस्ने निर्णय गरिएको छ भने आउँदो बैठक मायादेवी गाउँपालिका वडा नं. १ पकडि स्थित सामुदायिक अध्ययन केन्द्रको सभाहलमा बस्ने निर्णय गरिएको संगठनले जनाएको छ । 

त्यस्तै बैठकले यहि कात्तिक १३ गते हुने संगठनको प्रदेश परिषदको भेलाका लागि कपिलवस्तु जिल्लाबाट सहभागि हुने शिक्षक प्रतिनिधिको समेत टुंगो लगाएको छ । 

जस अनुसार लालचन्द्र पाण्डेय, नरेन्द्र उपाध्याय, प्रभु यादव, चिरञ्जिवी घिमिरे, चन्द्र प्रकाश पाण्डे, शिव अधिकारी, लक्ष्मी पोख्रेल, शोभा खनाल र वालजी यादव लगायत रहनुभएको छ ।  बैठक संगठनका अध्यक्ष लाल चन्द्र पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६