अन्तर्राष्ट्रिय

विश्वका १९ देश सहभागी जी–२० शिखर सम्मेलन सुरु : कोरोना महामारी र जलवायु परिवर्तनमा केन्द्रित ।



काठमाण्डौ, १४ कार्तिक । इटलीको राजधानी रोममा जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ । चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्रित भएको थियो । त्यसैगरी दोस्रो दिन आज ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित हुनेछ ।  सम्मेलनको नेतृत्व सम्मेलन आयोजक इटलीका राष्ट्रपति मारियो ड्राघीले गर्नुभएको छ ।

अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी–२० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो । जी–२० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली सङ्घ पर्छन् ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६