अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवाले आज कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने



काठमाण्डौ,१५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा सम्बोधन गर्दै हुनुहुन्छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति ग्लास्गो पुगिसक्नु भएको छ । उहाँले आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ ।

भ्रमणका दौरान उहाँले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भोलि नै उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै, उहाँ आजै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, भोलि बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्यान्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि प्रधानमन्त्री देउवा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले हिजो र अस्ति लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले  भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री देउवाले पर्सि स्कटल्यान्डको इडिनबर्गमा रहेको रोयल बोटानिक गार्डेनको भ्रमण गरी सम्बोधन गर्नुहुनेछ । उहाँ आउँदो बिहीवार स्वदेश आइपुग्ने कार्यक्रम छ । 

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६