अन्तर्राष्ट्रिय

जी २० शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति



काठमाण्डौ, १५ कार्तिक । विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी २० मा कार्बन उत्सर्जनलाई घटाउँदै  लैजाने सहमति भएको छ ।  जी २० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो । नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसैबीच, स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् ।  

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६