प्रदेश

बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनी, १६ सय बढीले गरे अवलोकन



बुटवल, १६ कार्तिक । बुटवलमा २ दिने सिर्जनशील चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा भएको चित्रकला प्रदर्शनीको आज सकिएको हो । चित्रकला प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थिए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनीमा १ हजार ६०० जनाले अवलोकन गरेका थिए ।

बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानअन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो । प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तुहरु प्रस्तुत गरिएको थियो । प्रर्दशनमा राखिएका चित्रकलाको सुक्ष्म अध्ययन गरेर सो चित्रकलाका विषयमा जिज्ञासा राख्दै विद्यार्थीहरुले ज्ञान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६