अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेटवार्ता हुँदै ।



काठमाण्डौ, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुँदैछ । स्कटल्यान्डको ग्लास्गोमा उहाँहरुबीच आज भेटवार्ता हुन लागेको हो ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरुसँग अनौपचारिक भेटघाट गर्नु भएको थियो ।

कोरोना भाइरसको संकट हटिनसकेको सन्देश दिन नेताहरुले कुहिनो जोडेर अभिवादन साटासाट गरेका थिए ।  हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नुभएको थियो । (रासस)

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६