अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता



काठमाण्डौ, १६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्य बेलायत को ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन कोप–२६ अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँहरूबीच आज मङ्गलवार ‘साइड लाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उहाँहरूबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुद बनाउनेलगायत विषयमा कुरा भएको थियो ।

भेटमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको र त्यसमा नेपालको सद्भाव होस् भन्ने चाहना राख्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यसैगरी दुवै देशको पर्यटनका क्षेत्रमा प्रवर्द्धन गर्ने र सम्बन्ध अझ मजबुद बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उहाँहरूबीच छलफल भएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति बेलायत पुग्नुभएको थियो । यही कात्तिक १४ गतेदेखि बेलायतको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरू, उच्च अधिकारी, सञ्चारकर्मीलगायत हुनुहुन्छ । 

 रासस

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६