अन्तर्राष्ट्रिय

काबुलमा भएको आत्मघाती विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १९ पुग्यो, ५० भन्दा बढी घाइते



काठमाण्डौ, १६ कार्तिक । अफगानिस्तानको राजधानी काबुलमा रहेको सैनिक अस्पताल नजिकै आज मङ्गलवार भएको बम विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विस्फोटमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ । आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउन्ड गोली पनि चलाएको तालिबान स्रोतले बताएको छ ।

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएपछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिबान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।   

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६