अन्तर्राष्ट्रिय

अफगानिस्तानमा तालिबानले लगायो विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध ।



काठमाडौं, १७ कार्तिक। अफगानिस्तानमा पुनस् सत्तामा आएको तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो ।

‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ’, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ ।

तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ । काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

काबुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार बन्दुक र बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । अफगानी बजारमा अमेरिकी डलर व्यापक प्रयोग हुने गर्छ । त्यस्तै सीमा क्षेत्रमा पाकिस्तानसहितका अन्य छिमेकी मुलुकको मुद्रा प्रयोग गरिँदै आएको छ ।

तालिबान सत्तामा आएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएको कारण पछिल्लो समय अफगानिस्तानमा मानवीय संकट चर्किन थालेको छ । विदेशी मुद्रा प्रतिबन्ध गर्ने तालिबानको कदमले धराशायी हुने संघारमा रहेको अफगान अर्थतन्त्र थप अस्तव्यस्त हुने र मानवीय संकट थप गहिरिने निश्चित जस्तै छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६