प्रदेश

समायोजन नीति कार्यान्वयनपछि दाङका विद्यालयमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार ।



दाङ, २१ कार्तिक ।  विद्यालयमा समायोजन नीति कार्यान्वयनपछि दाङमा विद्यार्थी सङ्ख्या र गुणस्तरमा सुधार हुँदै गएको छ। कमजोर विद्यालयलाई प्रशासन प्रभावकारी रहेको नजिकको विद्यालयमा समायोजन नीति प्रभावकारी बन्दै हो ।  घोराहीको हरिद्वार प्रावि चौघेरा माविमा समायोजन भएपछि विद्यार्थी सङ्ख्या बढेको छ । कुनै बेला १०,१२ जना विद्यार्थी रहेको विद्यालयमा अहिले तीन सय भन्दा धेरै विद्यार्थी छन् । घोराही उपमहानगरपालिकाले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन लिएको छ । 

हरिद्वार र चौघेराको दूरी झण्डै डेढ किलोमिटर मात्रै छ । विद्यालय गाभ्नेभन्दा पनि नजिकमा राम्रो व्यवस्थापन गरेको विद्यालयले जिम्मा लिँदा प्रभावकारी हुने देखिएको चौघेराका प्रधानाध्यापक श्याम मल्लले बताउनुभयो । 

घोराही उपमहानगरपालिका–१८ को आधारभूत विद्यालय मसिनामा कुनै बेला २० जना मात्रै विद्यार्थी थिए । तर रझेना माविमा समायोजनपछि ६० जना विद्यार्थी पुगेका रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेले बताउनुभयो ।

घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको छ । अबका दिनमा पनि कमजोर विद्यालयलाई व्यवस्थापन प्रभावकारी रहेको विद्यालयको जिम्मा दिने नीति रहेको घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलले बताउनुभयो ।

विद्यालय समायोजन गरेर नजिकैको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । 

साथै शिक्षक, व्यवस्थापन समितिका सदस्यले आफ्ना बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिले पनि शिक्षाको गुणस्तर सुधारमा सहयोग पुगेको उहाँको भनाई छ ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६