प्रदेश

बल्ल शुरु भयो मतदान : रातभर प्रतिनिधी लाइनमा,प्राविधिक ब्यवस्थापनले ढिलाई



चितवन १४ मंसिर ।रातचितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्।त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका छन्।राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर २ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर समयमा हुन सकेन । मतदान हुने आशामा प्रतिनिधिहरु रातभर लाइनमा बसे पनि बिहान मात्र मतदान प्रक्रिया सुरू भएको हो।निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।

त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ ९भौगोलिक क्षेत्र० खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।

केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।प्रदेश १ ९भौगोलिक क्षेत्र० खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।

प्रदेश १ ९भौगोलिक क्षेत्र० खुलातर्फ ६ सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा ३ सदस्यका लागि ४ जना भिड्दै छन्।त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ ८ सदस्यका लागि ९ जना, थारू खुलामा ५ सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा ३ सदस्यका लागि ४ जना र सुदूर प्रदेशको महिलातर्फ ३ केन्द्रीय सदस्यका लागि ५ जनाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६