जीवनशैली

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको पहिलो खोपको मात्रा लगाउनेको संख्या एक करोड नाघ्यो



काठमाडौं, १५ मंसिर । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको संख्या एक करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार ५८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ३० हजार ४०८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएको बताइएको छ । हिजो मंगलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४८ प्रतिशत अर्थात् ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप २५९ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या आठ लाख तीन हजार १६८ पुगेको छ । यही अवधिमा तीन जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५२९ पुगेको छ । अहिले नेपालमा ६ हजार ९५४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६