कपिलवस्तु, १२ मंसिर
जनसेवा कृषि सहकारी संस्था लिमिटेड, मोतिपुर कपिलवस्तुको अध्यक्षमा टोपबहादुर थापा निर्वाचित हुनुभएको छ। संस्थाको १८औँ साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ४४५ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो।
निर्वाचन समितिका संयोजक तथा बाणगंगा नगरपालिका वडा नं. ७ का वडा सचिव कृष्ण खनालका अनुसार अध्यक्ष पदका प्रतिस्पर्धी जयलाल गिरीले २९८ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी उपाध्यक्षमा थापा प्यानलका रामबहादुर बस्नेत ३९५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रुपा रानाले ३२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
सदस्य पदमा टेकराज खनाल ३८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सहकारीका अन्य पदाधिकारी तथा सदस्यहरू यसअघि नै सर्वसम्मत रूपमा चयन भइसकेका थिए।
निर्वाचन परिणामसँगै सहकारीको नेतृत्व चयन प्रक्रिया पूरा भएको छ। नयाँ नेतृत्वले संस्थाको संस्थागत विकास, सदस्यको हित संरक्षण तथा कृषि र उत्पादनमूलक गतिविधिको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया