पर्यटन

आज राष्ट्रपति नन्दनगरमा आउने,बाणगंगा नगरवासी खुशी




कपिलवस्तु १६ मंसिर ।कपिलवस्तुको बाणगंगा २ नन्दनगरमा २७ औं ज्ञानमहायज्ञ सुरु भएको छ । जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ महायज्ञ सुरु भएको हो । खास उद्घाटन कार्यक्रम भने आज हुने भएको छ ।विगतका बर्षहरुमा भन्दा फरक ढंगले सम्पन्न गर्नको लागि यज्ञ स्थलमा चुस्त ब्यवस्थापन गरिएकोछ । यज्ञ सम्पादन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार आज विहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमहायज्ञ समुद्घाटन गर्नु हुने छ । हेलिकप्टरमार्फत् उहाँ आउनु हुनेछ । राष्ट्रपति भण्डारीलाई आफ्नौ भूमिमा स्वागत गर्न आफूहरु आतुर रहेको उनीहरुले बताए ।
मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत)ले कथा बाचन गर्नु हुनेछ । यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ । पशुपतिनाथमा दैनिक देखिने सन्ध्या आरती अब ९ दिनसम्म कैलश आश्रममा देख्न सकिने बताइएको छ ।धर्म संस्कृतिको संरक्षणका साथै १० बर्ष अगाडिबाट सञ्चालन हुँदै आएको यस क्षेत्रकै सबैभन्दा धेरै आवसीय बटुकहरु रहेको मनकामना संस्कृत गुरुकुलको स्तर उन्नति गरी कक्षा ११ र १२ सञ्चालनार्थ महायज्ञ गरिएको हो । यो सफल हुने ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो । नन्दनगरलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी आफुहरु अगाडि बढेको स्वामी लोकानन्द महाराजले बताउनु भयो ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६