अर्थ-वाणिज्य

सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गर्यो



काठमाडौँ १६ मंसिर ।  सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्। बुधबार साँझ ६ वटा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

गत भदौमा एकैपटक १२ अध्यादेश निष्क्रिय भएका थिए। 

जसमा एसिड आक्रमणकारीमाथि हुने कारबाही र रेल्वेको अध्यादेश पनि समावेश छ। यस्तै, यौन हिंसासँग सम्बन्धित अध्यादेश पनि सरकारले ल्याएको छ। सो सम्बन्धी विधेयक पनि संसद्मा दर्ता छ। विधेयक विचाराधीन रहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको हो। 

बुधबार राष्ट्रपतिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश, सामाजिक सुरक्षा र रेल्वे अध्यादेश जारी भएका हुन्। 

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६