तुलसिपुर २२-मंसिर ।तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले निशुल्क आईटी पढाउन थालेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीभिटीको सहयोगमा कलेजले ३० जना प्रशिक्षार्थीहरुलाई प्रिडिप्लोमा तहमा आईटी पढाउन थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
२४ महिने आईटी कार्यक्रममा विद्यार्थीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । तत्काल श्रम बजारमा विद्यार्थीको खपत हुन सकोस् भनेर आईटी विषय सञ्चालन गरिएको पनि कलेज प्रमुख आचार्यले बताए । ‘तालिम लिएकाहरुलाई रोजगारीका लागि पनि हामीले पहल गर्नेछौ’ आचार्यले भने ।’ उनले पहिलो चरणमा ३० जनालाई निशुल्क अध्यापन गराएपनि विस्तारै त्यो संख्या बढाउँदै लैजाने पनि जानकारी दिए ।तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले सञ्चालन गरेको मेट्रो कलेजमा विभिन्न प्राविधिक विषयहरुको अध्ययन भइरहेको छ ।
प्रतिक्रिया