खोज–अनुसन्धान

संस्थापन इतर समुहवाट दुबै महामन्त्री निर्वाचित : देउवा संकटमा पर्ने निश्चित




काठमाडौ १ पुस । संस्थापन इतर समुहवाट दुबै महामन्त्री निर्वाचित भएपछि कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरवहादुर देउवा संकटमा पर्ने निश्चित भएको छ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि पार्टी संचालनमा देउवा विगतमा जस्तो स्वच्छन्द रुपमा संचालित हुन नसक्ने हुनु भएको हो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रीद्वयमा थापा र शर्मा निर्वाचित हुनुभएको हो ।
थापाले तीन हजार २३ र शर्माले एक हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार ५सय ५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा बिजयी भएपनि थापाले पार्टी प्रतिनिधिबाट पाएको अपार माया र विश्वासप्रति न्याय गर्ने बताउनुभयो ।अझै इमान्दारीपूर्वक पार्टी रूपान्तरणका लागि अगाडि बढ्ने उहाको भनाई छ ।

त्यस्तै नवनिर्वाचित महामन्त्री शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताउनुभयो । फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु भएको उहाको भनाई छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६