प्रदेश

पार्टीले गरेको गम्भीर गल्ती सच्चाऔ :जनार्दन



काठमाडौ २ पुस । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गम्भीर गल्ती भएको ठोकुवा गर्नुभएको छ । काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताउनु भयो ।उहाले त्यो सच्चाउनु पर्ने बताउनु भयो ।
हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ, त्यसको सही सदूपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापि दियौँ । मानौँ त्यो केहीपनि थिएन । त्यो भित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केहीपनि होइन जस्तो गरेर फ्याकीदियौँ । पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती गर्यो,’ शर्माले भन्नुभयो । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड केन्द्रीय समिति भन्दा शक्तिशाली हुनुहुन्छ । अर्थमन्त्री जनार्दनको यो भनाईले प्रचण्डले नै गल्ती गरेको प्रष्ट पार्दछ ।

उहाँले यसअघि पनि प्रचण्डपथ त्याग्नु माओवादीको गल्ती भएको बताउनु भएको थियो । प्रचण्डपथ छाडेकै कारण पार्टीमा निराश पैदा भएको शर्माको भनाई छ । ‘प्रचण्डपथलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याक्नुको कारण आज निराशा पैदा भएको हो, त्यसले विकेन्द्रीकरण गर्यो । पार्टीमा फुट, विभाजन भयो । पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौँ,’ शर्माको भनाई थियो । उहाँले माओवादीले विद्रोह वा चुनावको दोधारे कुरा गरेका कारण पनि पार्टी वैचारिक रुपमा अस्पष्ट भएको ठोकुवा गर्नुभयो ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६