जीवनशैली

बुटवलमा पर्सीदेखि ब्यापार मेला,दर्शकलाई मापदण्ड तोकियो



बुटवल ६ पुस । बुटवलको देवीनगरमा पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकनका लागि आउने दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेर मात्र प्रवेश गराउन सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिएका छन् । साथै उनीहरुले मेला सफल बनाउन आआफ्नो कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हंदैछ । मेलाको सुरक्षा व्यवस्थापनबारे मेला सचिवालयमा सोमबार बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले मेलास्थलमा प्रहरी युनिट र पर्याप्त सीसीटीभी क्यामेराहरु राख्न तथा कोरोना महामारी अन्त्य भई नसकेकाले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मेला सञ्चालन गर्न सुझाव दिएका छन् ।

यस्तै सवारी आवागमन सहज गर्न ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार कक्ष,आपतकालीन कक्ष,सूचना केन्द्र, एम्बुलेन्स र दमकल र पर्याप्त स्वयंसेवक पनि तयारी हालतमा राख्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिएका छन् । वैठकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बुटवलका मेलामा ट्राफिक व्यवस्थापन मुख्य समस्या हुने गरेकाले यसमा ध्यान दिन सुझाव दिए । दंगा नियन्त्रण प्रहरी गण बुटवलका प्रमुख एसपी रामेश्वर कार्कीले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका लागि माइकिङ गर्न सुझाव दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले सम्भव भएसम्म मूल प्रवेशद्वारमा मेटल डिटेक्टरले जांच गरेर मात्र दर्शकलाई प्रवेश गराउन सुझाव दिए । कार्यक्रममा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख सुदर्शन पन्थी, सशष्त्र प्रहरी सुरक्षा बल बुटवलका प्रमुख सशष्त्र प्रहरी निरीक्षक सुरज पाण्डे,पुर्व प्रहरी सेक्युरिटि सर्भिसका रणबहादुर कुंवर,पश्चिम नेपाल बस व्यवसायी प्रालिका सल्लाहकार रमेश अधिकारी लगायतले औद्योगिक प्रदर्शनी र ब्यापार मेला सुरक्षित र सफल बनाउन सबैको सहयोग रहने प्रतिवद्धता जनाए ।

वैठकमा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे,उद्योग उपाध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कोषाध्यक्ष अन्जु पाण्डे, सचिव यमलाल मरासिनी,सुरक्षा व्यवस्थापन उपसमिति प्रमुख देवेन्द्र रानाले सुरक्षा प्रमुख र संघसंस्थाको राय सुझावलाई मनन् गरेर मेलालाई सुरक्षित बनाउने बताएका थिए । स्वदेशी तथा विदेशी गरी करिब ५ सय स्टल रहने मेलाको ८० प्रतिशत तयारी पूरा भएको े प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६