अर्थ-वाणिज्य

१० मध्ये ७ पालिका अनुपस्थित भएपछि राज्यमन्त्री रिनाको पारो चढयो




कपिलवस्तु १४ पुस । कपिलवस्तुमा आयोजित खानेपानी शुद्धिकरण तथा स्थानीय स्तरमा ब्यवस्थापन सम्वन्धि सबै पालिकाका जनप्रतिनिधीलाई राखेर गर्न खोजिएको छलफलमा १० मध्ये सात पालिकावाट कोही पनि उपस्थित नभएपछि प्रमुख अथिती समेत रहनु भएकी पर्यटन राज्यमन्त्री रिना नेपालले जनताको समस्यामा मेयर उपमेयरले कुनै चासो नदिएकोले कपिलवस्तु पछि परेको भन्दै आक्रोस पोख्नु भएको छ । उहाले यदि चासो हुन्थ्यो त यस्तो महत्वपूर्ण छलफलमा सहभागि भएर प्रदेश सरकारसंग सहकार्यको लागि छलफल गर्न आउनु हुन्थ्यो भन्दै जनताले अवको चुनावमा हिसाव किताव गर्ने चेतावनी दिनु भयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा ब्यबस्थापन सम्बन्धि गरिएको अन्तरक्रियामा उहाले यस्तो वताउनु भएको हो । बुद्धभूमि नगरपालिका स्थित गोरुसिंगेमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानीकोे शुद्धिकरणमा हरेकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पु¥याउन प्रदेश सरकार लागिपरेकाले पालिकालाई यस तर्फ ध्यान दिन मन्त्रालयले निर्देशन दिएको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा जिल्ला ७ पालिकाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थिएन । उहाले दुर्गम स्थानमा खानेपानीलाई विस्तार गर्न सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनु भयो ।
यस्तै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले एक घर एक धाराको संकल्प प्रदेश सरकारले सुरु गरेको स्पष्ट पार्नु भयो । सांसद पन्थीले पालिकाहरुले खानेपानीमा विस्तारै बजेट विनियोजन गर्न लागेको तर्क गर्नु भयो । उहाले तराईको सीमा क्षेत्रका नागरिकको चेतनामा कमी भएकाले ओभरहेड ट्याकीं खानेपानीको पहुँच सम्म लैजानुपर्ने बताउनु भयो ।
सांसद पन्थीले खानेपानीबाट लाग्ने रोगबाट बच्न र खानेपानीलाई शुद्धिकरण गर्न सम्पुर्ण उपभोक्ता सचेत हुन आवश्यकता औल्याउनु भयो ।विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि गाउँपालिकाले विभिन्न योजना बनाएको प्रष्टाउनु भयो उहाले विजयनगर गाउँपालिका लुम्बिनी प्रदेशकै पछाडी परेको गाउँपालिका रहेकाले खानेपानी मात्र नभई हरेक क्षेत्रमा विकासको खाका तयार पार्दै गएको दावि गर्नु भयो ।
कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र बिक्रम शाहले खानेपानी शुद्धिकरण, ब्यबस्थापन तथा सरसफाईमा सबैले ध्यान दिनुपर्ने तर्क गर्नु भयो । कार्यक्रमका अध्यक्ष शाहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन लागि परेको बताउनु भयो । सो कार्यक्रममा विजयनगर ,महाराजगंज र बुद्धभूमीको सहभागिता थियो ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६