प्रदेश

कपिलवस्तु मोबाइल फोन ब्यवसायी संघको अध्यक्षमा खनाल सर्वसम्मत चयन ।



कपिलवस्तु, १४ पुष ।

कपिलवस्तु मोबाइल फोन ब्यवसायी संघको अध्यक्षमा केशव खनाल सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिकाको उत्तरी सिमा पावरा विक्रममा मंगलबार भएको प्रारम्भिक साधारण सभाले हाइलाइट्स मोबाइल सर्भिस सेन्टरका संचालक खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

१३ सदस्यीय संघकोे वरिष्ठ उपाध्यक्षमा ओदारीका कृष्ण पाण्डे, उपाधयक्षमा चारनम्बरका टिकाराम पौडेल, सचिवमा पिपराका दिलीप गाहा मगर, सहसचिवमा बोडगाउँका भोजराज सुवेदी र कोषध्यक्षमा बनगाइका मधु गैरे सर्वसम्मत चयन हुनुभएको संघका नव निर्वाचित अध्यक्ष खनालले बताउनु भयो ।

यस्तै ब्यवसायीहरु जितेन्द्र चौधरी, गोपाल पाण्डे, विमल क्षेत्री, नारायण भट्टराई, रामचन्द्र चौधरी, केशव चौधरी संघको सदस्यमा चयन हुँदा वरिष्ठ सल्लाहाकारमा संघका निवर्तमान अध्यक्ष विकास न्यौपाने, हेमलाल न्यौपाने, माधव बञ्जाडे चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष खनालले आफू १ बर्षको लागि संघको नेतृत्वमा आएको भन्दै केही राम्रो काम गर्न प्रयास गर्ने बताउनु भयो । उहाँले अब समग्र कपिलवस्तु जिल्लाको प्रतिनिधित्व हुने संघलाई अगाडी बढाउनु प्रमुख जिम्मेवारी भएको बताउनु भयो ।

मोबाइल ब्यवसायीका कुरा सुन्ने भरपर्दो संगठन नभएको हुँदा अहिले मोबाइल ब्यवसायीले थुप्रै समस्या भोगिरहेका छन् उहाँले भन्नुभयो अब मेरो कार्याकालमा समस्या समाधान गर्न प्रयत्न गर्दछु ।

अहिले विना भ्याटका सेटहरु खुला सिमानाकाबाट आउँदा कपिलवस्तुका वास्तविक ब्यापारी साथीहरु मर्कामा परेको भन्दै यसलाई निरुत्साहित गर्न कोसिस गर्ने खनालले बताउनु भयो । मोबाइलको क्रिवितरणमा पनि एकरुपता नभएकाले अब यस विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको उहाँको भनाई छ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६