खोज–अनुसन्धान

बालविवाहको मुद्धामा बहुपक्षिय अन्तरपुस्ता संवाद




कपिलवस्तु १६ पुस ।वाल विवाहको मुद्धामा अन्तरपुस्ता संवाद कार्यक्रम शुक्रवार ४ नं जितपुरमा गरिएको छ । सञ्चारीका समुह केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा सासु , वुहारी , किशोरी लगायतका महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षामा छोरा छोरीलाई विभेद नगरि समान रुपले शिक्षा दिएमा वालविवाह रोक्न सकिने बताइएको थियो । घरमा छोरीलाई गरिने व्यवहार वुहारीलाई गर्नु पर्ने , सासु , ससुरा , नन्द अमाजुले वुहारीलाई छोरी सरह समान व्यवहार गरेमा लैंगिक हिंसा कम हुने बताइएको थियो ।

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने , महिलाले घरमा गर्ने बिना पारिश्रमिकको काममा सबैले सघाउनु पर्नेमा महिलाहरुले जोड दिएकद थिए । अधिवक्ता इन्दु तुलाधरको सहजिकरणमा भएको कार्यक्रममा सञ्चारीका समुहका उपाध्यक्ष कमला पन्थि , केन्द्रीय सदस्य बसन्ती बास्तोलाले लैंगिक समानताका लागि अन्तरपुस्ता संवाद कार्यक्रम गरिएको बताउनु भयो । अन्तरपुस्ता संवाद कार्यक्रममा सबैले आफ्नो मनको कुरा खुलेर राख्ने हुदा बास्तबिक समस्या पहिचान हुने र समाधान गर्न सहज हुने हुदा यस प्रकारको कार्यक्रम राखिएको उपाध्यक्ष पन्थिले बताउनु भयो । सहभागी महिलाहरुले कार्यक्रम प्रभावकारी भएकोले यस्ता प्रकारका कार्यक्रम ग्रामिण बस्ती सम्म पुर्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न समुदायका ६० महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६