लुम्बिनी

सभापतिमा पराजित शाह प्रदेश समितिको दोस्रो वरियतामा



बुटवल १७ पुष /नेपाली कांग्रेस लुम्बिनीले सभापतिमा पराजित बनेका भरतकुमार शाहलाई प्रदेश समितिको दोस्रो वरियतामा राखेको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १८ गते भैरहवामा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो। सोहि अधिवेशनबाट रोल्पाका अमर सिंह पुन सभापतिमा निर्वाचित हुंदा रुपन्देहीका शाह पराजित बनेका थिए।

कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचित पहिलो कार्यसमितीको विहिबार बसेको बैठकले शाहलाई प्रदेश समितिको दोश्रो वरियतामा राख्ने निर्णय गरेको हो। शुक्रवार प्रदेश समितिको पहिलो बैठकका निर्णयहरु जानकारी गराउँदै सभापति पुनले पार्टिको आन्तरिक प्रतिष्प्रधामा एकजना बिजयी हुँदा अर्को प्रतिष्प्रधी पराजित हुनु स्वभाविक भएपनि नेतृत्व चयन भएपछि सबैको सहकार्य र सहमतीबाट पार्टिलाई अगाडी बढाउन शाहलाई दोश्रो वरियतामा राख्ने निर्णय गरिएको जानकारी दिए।

उनले निर्वाचनको बेला आ आफ्ना समुह र गुट उपगुट भएपनि निर्वाचित भएपछि सभापतीको कुनैपनि गुट उपगुट नहुने भन्दै पार्टीलाई शसक्त, स्वस्थ र पुनर्जागरण गर्न आन्तरिक प्रतिष्प्रधा त्यागेर सबैलाई समेटेर हिड्ने बताए। उनले प्रदेश समितिले पार्टिलाई शसक्त बनाउँदै लुम्बिनीको विकासमा सरकारसँगै रहेर काम गर्ने समेत बताए।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासको योजना अगाडी सार्ने कांग्रेसको योजना रहेको सभापति पुनले बताए। पुनले पछिल्लो समय युवाहरुमा राजनितिप्रति वितृष्णा देखिएको अवस्थामा उनिहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडी सार्ने बताए।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६