प्रदेश

चाँडै नै राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा हुन्छः मन्त्री आले




काठमाण्डौ, १७ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रीपरिषदको बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने मन्त्रीपरिषदको बैठकबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिनु भएको हो । उहाँले त्यसका लागि आवश्यक तयारी गरेर आउनसमेत प्रतिष्ठानलाई आग्रह गर्नु भयो ।

मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताउनु भयो । यस्तै उहाँले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताउनु भयो । उहाँले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि स्मरण गराउनु भयो ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६