अन्तर्राष्ट्रिय

जगदीशपुरको चिसो माहोल पाहुना चराको आगमनले ततायो




कपिलवस्तु १८ पुस । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ । तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुइरोपुच्छ, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुटे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।विश्व सिमसार क्षेत्रमा रहेको सूचीकृत ताल अहिले चरामय बनेको हो ।
उत्तरी धु्रवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । चराविद् सोम जीसीका अनुसार बढी चिसो हुने हुँदा उता चराले खाने चारो पाउँदैनन् । जीवनयापन पनि उस्तै गाह्रो हुन्छ । त्यसैले हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदी आसपास हजारौँ चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काई पनि जाने गर्छन् ।
रुस, चीन, मङ्गोेलिया, कोरिया साथै युरोपबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । नेपालमा बर्सेनि १५० भन्दा बढी प्रजातिका चरा आउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने चरा बढ्नु राम्रो भएको चराविद् जिसीले बताउनुभयो । चरालाई जोगाइराख्न सकियो भने जगशदीपुर ताल मुलुकमै चरा अवलोकनको राम्रो गन्तव्य बन्नसक्ने उहाँले बताउनुभयो ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६