प्रदेश

पाल्पा बस दुर्घटनामा तीन जनाको सनाखत (अपडेट)



बुटवल, १८ पुष । बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट २ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए ।

मलामी गएका उमेश कुंवरका अनुसार मृतक लालबहादुर बीरबहादुरका छोरा हुन् । प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ । मृतक विक परिवार अर्घाखांचीको मरेङबाट बुटवलमा बसाई सरेका कुंवरले बताए ।

सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६