प्रदेश

वाग्मतीमा गठबन्धनका उम्मेदवार विजयी



मकवानपुर, १२ माघ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका महिलामा गोमादेवी तिमल्सिना र अन्य मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् ।

तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गर्नुभएको छ ।

प्रदेश सभाका कुल १ सय ९ जनामध्ये १ सय ६ जनामात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । चुनावमा वाग्मती प्रदेशका १ सय ९ सांसद र स्थानीय तहका १ सय १९ प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६