प्रदेश

स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भन्ने आशंकाहरु र भ्रमहरु सकियोः माओवादी केन्द्र



काठमाडौं, २४ माघ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताबारेका आशंकाहरु सकिएको बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भनेर गरिएका आशंकाहरु अब सकिएको बताएका हुन् ।

स्थानीय तह जनप्रतिनिधिबीह हुन्छन कि भनेर अनावश्यक आशंकाहरु र भ्रमहरु फैलाइएका थिए । तर, हामीले त्यस्तो हुन दिन्नौं, समयमै निर्वाचन हुन्छ भन्दै आएका थियौं । अब त्यस्ता अनावश्यक आशांकाहरु सकियो, अनावश्यक भ्रमहरु चिरियो’ गुरुङले भने ।

निर्वाचनको मिति घोषणा भएपनि संविधान र निर्वाचन ऐन बाझिएकाले त्यसबारे भने महान्यायधीवक्ताले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन एन अनुसार चैत ५ गतेभित्र चुनाव गरिसक्नुपर्ने र संविधान अनुसार जेठ ५ गतेपछि मात्रै चुनाव गर्न मिल्ने भएकाले त्यहि सुझाव दिएको पनि उनले बताए ।
(साभार)

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६