खोज–अनुसन्धान

एमाले कपिलवस्तु होमियो चुनावमा :१० पालिकाका नेता कार्यकर्तासंग एकैदिन ५ स्थानमा अन्तरकृया



विकास थापा
कपिलवस्तु २४ माघ ।नेकपा एमाले कपिलवस्तुले आज जिल्लाका १० वटा पालिकाका अगुवा नेता कार्यकर्तालाई राखेर अहिले सम्मको समीक्षा गर्दै अवको चुनाव केन्द्रित भूमिकाका विषयमा अन्तक्रिया गरेको छ । जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएपछि गरिएको सार्वजानिक कार्यक्रम मध्ये पहिलो मानिएको यो कार्यक्रममा नयाँ नेतृत्वलाई स्वागत गर्दै आशन्न स्थानिय निर्वाचनको तयारी कसरी गर्ने भन्ने वारेमा अन्तरकृया मुलक कार्यकर्ता प्रशिक्षण गरेको हो ।जसअनुसार बाणगंगाको गजेहडा र ओदारीमा , बुद्धभूमि र महाराजगञ्जको बुद्धभूमि क्याम्पस ईमिलियामा , कपिलवस्तु नगरपालिका ,यशोधरा ,मायादेबी र शुद्धोधन गाउपालिकाको तौलिहवामा र बिजयनगर गाउपालिका ,शिबराज र कृष्णनगर नगरपालिकाको बिजयनगरमा कार्यक्रम भएको हो ।

बाणगंगाको गजेहडामा भएको अन्तरकृयामा वोल्दै एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले पाच दलिय गठबन्धन एमालेसंग चुनाव लड्न डराएको सबै नेपालीले बुझेको भन्दै जनदवाववाट वाध्य भएर चुनाव घोषणा गरेको वताउनु भयो । बाणगंगाका वडा नं १,२ ,३ र ४ को संयुक्त कार्यक्रममा एमाले प्रदेश कमिटि सचिवालय सदस्य जंजिर प्रसाद थारु ,कपिलवस्तुका उपसचिव अर्जुन केशी लगायतले बोल्नु भएको थियो । नगर कमिटि उपाध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता र सचिव बिष्णु गिरीको सञ्चालनमा कार्यक्रम भएको हो ।
यस्तै विजयनगर गाउँपालिकाको सभा हल खडैचामा भएको अन्तरकृयामा बोल्दै एमालेका केन्द्रिय कमिटी सदस्य सुशील कुमार श्रीवास्तवले एमालेले मधेस देखि पहाड हुदै हिमाल सम्म चुनाव जित्ने दावि गर्नु भयो । केन्द्रिय सल्लाहकार परिषद सदस्य रामलाल काफ्लेले एमालेलाई चुनावमा हराउन नसक्ने भएपछि गराउन डराएको वताउनु भयो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले एमालेले एकै दिन जिल्लाका १० पालिकामा कार्यक्रम राखेर कार्यकर्तालाई चुनाव केन्द्रित हुन प्रेरीत गरिएको स्पष्ट पार्नु भयो । विजयनगर गाउँकमिटीको अध्यक्ष थर्क बहादुर खन्गाहाको अध्यक्षता ,कृष्णनगर कमिटी अध्यक्ष सन्दीप मौर्यको स्वागत मन्तव्य र शिवराज नगरकमिटीको अध्यक्ष जगत पौडेलको संचालनमा कार्यक्रम भएको थियोे ।
उता तौलिहवामा भएको कार्यक्रममा वोल्दै एमालेका केन्द्रिय सदस्य शेराज अहमद फारुकीले एकदलसंग डराएर पाचदलिय गठबन्धन वनाएकाहरुले चुनाववाट धुलो चाट्ने गरी नतिजा हासिल गर्न एमालेको रणनीति प्रभावकारी बन्ने दावि गर्नु भयो । केन्द्रिय सल्लाहकार टिकाराम अर्यालले एमालेले यसपाली मधेसमा उल्लेख्य रुपमा स्थानीयतह जित्ने दावि गर्नु भयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य शान्तिदेबी हरिजन ,जिल्ला सचिव सिवि गहतराज ,जिल्ला नेता बाबुराम खनाल लगाएतले वोल्नुभएको थियो । मायादेबी गाउपालिकाका अध्यक्ष जगन्नाथ कुर्मीको अध्यक्षता कपिलवस्तु नगरपालिका अध्यक्ष श्याम प्रजापतिको संचालनमा भएको कार्यक्रममा यशोधराका अध्यक्ष हरम सरिफले स्वागत गर्नु भएको थियो ।
यता बाणगंगाका वडा नं ५ ,६ , १० र ११ को संयुक्त कार्यक्रमलाई ओदारीमा संवोधन गर्दै एमाले प्रदेश कमिटिका सचिवालय सदस्य एवम निवर्तमान जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले यसपाली कपिलवस्तुका १० मध्ये कम्तीमा ६ वटा पालिकामा एमालेले सेट नै जित्ने गरी नतिजा हासिल हुने ठाकुवा गर्नु भयो । कार्यक्रममा जिल्ला उपसचिव सुसिला दर्लार्मी , जिल्ला नेता धर्म भूषाल लगाएतले वोल्नु भएको थियो । एमाले बाणगंगा नगर कमिटिका अध्यक्ष युवराज पोखरेलको अध्यक्षता जिल्ला नेता भिष्मराज भुसालको सहजीकरणमा कार्यक्रम भएको थियो ।


यस्तै यता बुद्धभूमिमा भएको कार्यक्रममा वोल्दै एमालेका केन्द्रिय सल्लाहकार ईन्द्रमणि पौडेलले विरालाका विरुद्ध मुसाहरुको गठबन्धन र एमाले विरुद्ध अहिलेको पाँच दलिय गठबन्धन एउटै भएको वताउनु भयो । कार्यक्रममा एमाले प्रदेश सदस्य टेकराज शर्मा र डम्मर शर्मा , जिल्ला उपाध्यक्ष बिश्राम चौधरी लगाएतले वोल्नु भएको थियो । बुद्धभूमिका अध्यक्ष देबी बेल्बासेको अध्यक्षता र महाराजगञ्जका अध्यक्ष निजामुद्धिन खाको स्वागत मन्तब्यमा कार्यक्रम भएको एमालेका जिल्ला नेता पिताम्वर खनालले वताउनु भयो ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६