अन्तर्राष्ट्रिय

बाणगंगाका तालुमा आलु फलेपछि ५०० बढी कामदार दक्षिण कोरीया पठाउने



बिकास थापा

कपिलवस्तु २५ माघ । गत चुनावमा आय आर्जन र रोजगारीका अवसर श्रृजना गरी यूवालाई रोजगारी दिने भन्ने घोषणा पत्र बनाएर चुनाव जितेका वाणगंगाका मेयर मंगल प्रसाद थारु र उपमेयर चक्रपाणी अर्याललाई ५०० यूवालाई एकैसाथ अकर्षक रोजगारी दिलाउने अवसर पैदा भएको छ । दक्षिण कोरीयाले बेमौषमी कृषि कामदार बाणगंगावाट आगामी बैशाख भित्रै लैजानेगरी अफर लिएर आएपछि यस्तो मौका मिलेको हो ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले मौसमी कृषि कामदार स्वरुप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने भएको हो । कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउन स्थानिय ५ सय ७० जना कृषकहरुलाई पालिकाबाट छनौट गरी पठाउने भएको हो । वडा न. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको पहलमा उत्त काम भएको नगरपालिकाले जनाएको छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो । यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ । केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । यस्तै कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल कल्चरसेन्टरका म्यानेजर चचुङगो , मणि गौतमको उपस्थिती रहेको थियो ।

३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६